• जीवनशैली | Jiwanshaili
  • इटालीमा ७९३, स्पेनमा २८५ र इरानमा १२३ जनाको मृत्यु, १८८ देश तथा क्षेत्रहरुमा संक्रमण


    चैत ९,२०७६ ।

    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले इटलीमा दिनप्रतिदिन उग्र रुप लिएको छ। इटलीमा कोरोना भाइरसले एकै दिन ७ सय ९३ जनाको ज्यान लिएको छ। हिजो शनिबारसम्म विश्वका १ सय ८८ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा १३ हजार १७ जनाको मृत्यु भएको छ। भने ३ लाख ६ हजार ६ सय ७७ जना संक्रमित छन्।

    यस्तै, इरानमा शनिबार कोरोना भाइरसका कारण थप १ सय २३ जनाको मृत्यु भएको छ। भने स्पेनमा थप २ सय ८५ जना र फ्रान्समा १ सय १२ जनाको ज्यान गएको छ। यसैगरी कोरोना भाइरसका कारण जर्मनीमा १६ जना, दक्षिण कोरियामा ८ जना र स्विजरल्यान्डमा २४ जनाको मृत्यु भएको छ। युकेमा ५६ जनाको मृत्यु भएको छ भने अमेरिकामा थप ६० जनाको ज्यान गएको छ।

    यस्तै, नेदरल्यान्ड्समा ३० जना, बेल्जियममा ३०, अष्ट्रीयामा २, स्विडेनमा ४, डेनमार्कमा ३, क्यानडामा ७, पोचुगलमा ६, मलयसियामा ५ जनाको मृत्यु भएको छ। यसैगरि, ब्राजिलमा ७ जना, जापानमा १, टर्कीमा १२, ग्रीसम र लजम्बर्गमा ३/३ जनाको कोभिड-१९ बाट ज्यान गएको छ। भने इन्डोनेसियामा ६, पेरु र फिलिपिन्समा १/१ जना र इजिप्ट र पानामामा २ २ जनाको मृत्यु भएको छ।

    त्यस्तै, बंगलनदेशमा १, सान मारिनोमा ६, मेक्सिको, डोमिनिक रिपब्लिका र अर्जेन्टिनामा १/१, अल्जेरियामा ४, बुर्किनो फासिनामा २ जनाको ज्यान गएको छ। यसैगरि मोरियस, घाना, परागे, डिआरसी, साइप्रस, बोसिना एन्ड हर्जेगोभिना, आइसल्यान्ड र फिन्ल्यान्ड, चिलीमा १/१ जनाको मृत्यु भएको छ। यी नौं देशमा तथा क्षेत्रहरुमा कोरोनाबाट मृत्यु भएको घटना पहिलो हो।

    विश्वभर शनिबार एकै दिन मर्नेको संख्या १ हजार ६ सय ३० पुगेको छ। भने १ सय ८८ देश तथा क्षेत्रहरुमा संक्रमण फैलिएको छ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस