अमेरिकामा सबै भन्दा बढी नयाँ सङ्क्रमित

चैत्र ९ ,२०७६ ।
अमेरिकामा विगत २४ घण्टामा सबै भन्दा बढी सङ्क्रमित थपिएका छन् । अमेरिकामा एकै दिन ७ हजार ३ सय २ नयाँ सङ्क्रमित थपिएपछि विश्वका अन्य मुलुकहरूमा भन्दा अमेरिकामा धरै सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् । यो सँगै नोवल कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अमेरिकामा २६ हजार ६ सय ८५ पुगेको छ । उपचाररत सङ्क्रमितको सङ्ख्या लाई आधार बनाउने हो भने अमेरिका अहिले विश्वकै दोस्रो धेरै सङ्क्रमित भएको देश भएको छ । हाल सम्म अमेरिकामा ३ सय ४० जनाले ज्यान गुमाइसकेका छन् । हिजो शनिवार सम्म विश्वका १ सय ८८ देश तथा क्षेत्रहरूमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा १३ हजार १७ जनाको मृत्यु भएको छ। भने ३ लाख ६ हजार ६ सय ७७ जना सङ्क्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस