बेलायतका गाउँमा शहरबाट आएकालाई प्रवेश निषेध, नेपालमा के गर्ने ?

चैत्र, ९ काठमाडौ । बेलायतमा शहरहरुबाट कोरोनाको संत्रासले भागरेर गाउँ आउनेहरुलेलाई गाउँमा प्रवेश नदिइने भएको छ । बेलायतमा गाउँमा घरभएका तर अधिकांश रुपमा शहरमा बस्नेहरु कोरोनाको त्रासमा गाउँ फर्कन थालेका छन् । गाउँको वातावरण शुद्ध भएको र शहरबाट आउनेहरुबाट संक्रमण आउन सक्ने भएकोले शहरियाहरुलाई गाउँ प्रवेशमा प्रतिवन्ध लगाइएको हो ।
बेलायत सरकारले समेत आप्mना सबै नागरिकलाई जहाँ रहेका छन् त्यहि ठाउँमा सुरक्षित रहन आग्रह गरेको छ । भागेर गाउँहरुमा जाने कार्य आपराधिक भएको बेलायत सरकारका एकमन्त्रीले बताएका छन् ।
शहरियाहरुको यस्तो कदमले गाउँलेहरुमा समेत त्रास फैलने र गाउँको शान्त र स्वथ्य वातावरणमा खलल पुग्न सक्ने भएकोले गाउँ तर्फ जान प्रोत्साहित नगरिएको बेलायती मन्त्रीले बताए ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सले समेत यस्तो व्यवहारलाई गैर जिम्मेवार व्यवहारको संज्ञा दिएका छन् ।
बेलायत ग्रामिण अर्थ तथा पर्यटनमन्त्री फर्गिउस इविङले मानिसहरुका यस्ता व्यवहारले आफुलाई क्रुद्ध बनाएको जनाएका छन् । उनले भनेका छन्, ‘यति स्पस्ट छ शहरियाहरु उच्च भेगका गाउँहरु र टापुहरुमा प्रवेश नगरुन्, यस्तो आवगमनमा पूर्ण विराम लगाइन्छ । यसले गाउँलेहरुको जीवनलाई समेत खतरामा पार्छ ।’
त्यसैगरी बेलायतमा पर्यटकहरुलाई पनि समुन्द्री किनारा र अन्य पर्यटकिय क्षेत्रबाट टाढै रहने अनुरोध गरिएको छ । उनीहरुलाई जहाँ जस्तो अवस्थामा छन् त्यस्तै अवस्थामा सुरक्षित रहन समेत आग्रह गरिएको छ ।
नेपालमा पनि राजाधानीबाट ठुलो संख्यामा मानिसहरु गाउँतिर जान थालेका छन् । जसले बाहिरी सम्पर्कबाट टाढा रहेर सुरक्षित रहेको गाउँमा समेत जोखिम बढेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस