पर्साका एक जनामा कोरोना सङ्क्रमण भएको भन्ने समाचार हल्ला मात्रै
पर्साका एक जनामा कोरोना सङ्क्रमण भएको भन्ने समाचार हल्ला मात्रै भएको देखिएको छ । विभिन्न सञ्चारमाध्यमले वीरगन्जका एक व्यक्तिमा कोरोना सङ्क्रमण भएको भन्ने समाचार बाहिर आए पनि त्यो पुष्टि भई नसकेको बतार्ईएको छ । पर्साका सहायक जिल्ला अधिकारी ललित कुमार बस्नेतले कोरोना सङ्क्रमण भएको भन्ने पुष्टि भई नसकेको बताएका छन् ।
वीरगन्जका एक व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का गरिएको छ । केही दिन अघि युएईबाट नेपाल आएका उनलाई कोरोना सङ्क्रमण भएको आशङ्का गरिएको छ ।६ दिन अघि उनलाई वीरगन्जको गण्डक अस्पताल भर्ना गरिएको थियो त्यस पछि उनलाई अस्पतालले पटना रिफर गरेको थियो ।
बिरामीलाई कोरोना भाइरसको सङ्क्रमण आशङ्कामा भारतस्थित पटना मेडिकल कलेजले जाँच गरेको छ । तर उनलाई कोरोना भाइरस भएको भन्ने पुष्टि भई नसकेको अस्पतालले जनाएको छ । यद्यपि भारतीय सञ्चार माध्यमहरूले भने कोरोना सङ्क्रमण भएको समाचार दिएका छन् भने केही नेपाली सञ्चार माध्यमले पनि विभिन्न श्रोतको हवाला दिँदै कोरोना भाइरस सङ्क्रमण भएको बताएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस