• जीवनशैली | Jiwanshaili
  • साेमबार एकै दिन मर्नेको संख्या १ हजार ८ सय ६९, अमेरिकामा थप १ सय ४० को मृत्यु


    चैत्र १०, २०७६। सोमबार

    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) ले इटलीमा दिनप्रतिदिन उग्र रुप लिएको छ। इटलीमा कोरोना भाइरसले एकै दिन ६ सय १ जनाको ज्यान लिएको छ। हिजो साेमबारसम्म विश्वका १ सय ९५ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा १६ हजार ५ सय १० जनाको मृत्यु भएको छ। भने ३ लाख ७८ हजार ७ सय ४१ जना संक्रमित छन्।

    यस्तै, इरानमा साेमबार कोरोना भाइरसका कारण थप १ सय २७ जनाको मृत्यु भएको छ। भने स्पेनमा थप ५ सय ३९ जना र फ्रान्समा १ सय ८६ जनाको ज्यान गएको छ। यसैगरी कोरोना भाइरसका कारण जर्मनीमा २९ जना, दक्षिण कोरियामा ७ जना र स्विजरल्यान्डमा २२ जनाको मृत्यु भएको छ। युकेमा ५४ जनाको मृत्यु भएको छ भने अमेरिकामा थप १ सय ३९ जनाको ज्यान गएको छ।

    विश्वभर साेमबार एकै दिन मर्नेको संख्या १ हजार ८ सय ६९ पुगेको छ। भने १ सय ९५ देश तथा क्षेत्रहरुमा संक्रमण फैलिएको छ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस