• जीवनशैली | Jiwanshaili
  • सोमबारसम्म फ्रान्समा ८ सय ६० जनाको मृत्यु


    चैत्र ११, २०७६। मंगलबार

    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले फ्रान्समा एकै दिन १ सय ८६ जनाको ज्यान लिएको छ । फ्रान्समा कोरोना भाइरसबाट एकै दिन ३ हजार ८ सय ३८ जना संक्रमित भएका छन् । हिजो सोमबारसम्म फ्रान्समा ८ सय ६० जनाको मृत्यु भएको छ । फ्रान्समा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या १९ हजार ८ सय ५६ पुगेको छ ।
    हाल सम्म विश्वका १ सय ९५ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा १६ हजार ५ सय २ जनाको मृत्यु भएको छ। भने ३ लाख ७८ हजार ७ सय ४१ जना संक्रमित छन्।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस