क्युबाका डाक्टरहरु इटाली पुग्दा ताली बजाएर भब्य स्वागत

इटालीमा कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर हुँदै गएपछि नियन्त्रणमा सहयोग गर्न क्युवाली डाक्टरहरुको टोली इटाली पुगेको छ । कुल ५२ जना डक्टर र नर्सहरुको टोली इटालीको सबैभन्दा प्रभावित क्षेत्र लोम्बाराडी क्षेत्रको राजधानी मिलान पुगेका हुन् । मिलान पुग्दा क्युवाको स्वास्थ्य टोलीलाई ताली बजाएर स्वागत गरिएको थियो ।
क्युवाको स्वास्थ्य व्यवस्था विश्वकानै सबैभन्दा उत्कृष्ट मानिन्छ । यस अघि चीनमा समेत कोरोना विरुद्ध लड्न क्युवाको स्वास्थ्य टोली पुगेको थियो । क्युबाको सहयोगमा आफुहरु कोरोना विरुद्ध लड्न सफल भएको भन्दै चिनिया राष्ट्रपतिले क्युबाप्रति आभार व्यक्त गरिसकेका छन् ।
चीनबाट सबै टाढा हुन खोजिरहेका बेला पुगको भनी क्युवाली स्वास्थ्य टोलीको निकै प्रशंसा समेत भएको छ ।
विश्वमा कुनै पनि ठाउँमा स्वास्थ्य संकट भएको बेला क्युवाली टोलीले पुगेर प्रशंसनीय काम गर्ने गरेको छ । नेपालमा पनि भुकम्प लगत्तै ठुलो संख्यामा क्युबाली डक्टरहरु आएर उपचार गरेका थिए ।
याे पनि हेर्नुहाेस्
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस