क्युबाका डाक्टरहरु इटाली पुग्दा ताली बजाएर भब्य स्वागत
इटालीमा कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर हुँदै गएपछि नियन्त्रणमा सहयोग गर्न क्युवाली डाक्टरहरुको टोली इटाली पुगेको छ । कुल ५२ जना डक्टर र नर्सहरुको टोली इटालीको सबैभन्दा प्रभावित क्षेत्र लोम्बाराडी क्षेत्रको राजधानी मिलान पुगेका हुन् । मिलान पुग्दा क्युवाको स्वास्थ्य टोलीलाई ताली बजाएर स्वागत गरिएको थियो ।
क्युवाको स्वास्थ्य व्यवस्था विश्वकानै सबैभन्दा उत्कृष्ट मानिन्छ । यस अघि चीनमा समेत कोरोना विरुद्ध लड्न क्युवाको स्वास्थ्य टोली पुगेको थियो । क्युबाको सहयोगमा आफुहरु कोरोना विरुद्ध लड्न सफल भएको भन्दै चिनिया राष्ट्रपतिले क्युबाप्रति आभार व्यक्त गरिसकेका छन् ।
चीनबाट सबै टाढा हुन खोजिरहेका बेला पुगको भनी क्युवाली स्वास्थ्य टोलीको निकै प्रशंसा समेत भएको छ ।
विश्वमा कुनै पनि ठाउँमा स्वास्थ्य संकट भएको बेला क्युवाली टोलीले पुगेर प्रशंसनीय काम गर्ने गरेको छ । नेपालमा पनि भुकम्प लगत्तै ठुलो संख्यामा क्युबाली डक्टरहरु आएर उपचार गरेका थिए ।
याे पनि हेर्नुहाेस्
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस