भारतमा २१ दिन लकडाउन
चैत्र ११, नयाँ दिल्ली । भारतमा आज राति १२ बजे देखी सम्पूर्ण देशमा पूर्ण लकडाउन हुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिभिजन मार्फत राष्ट्रको नाममा सम्बोधन गर्दै मंगलबार राति २ बजे पछि सम्पूर्ण देशलाई पूर्ण लकडाउनमा राख्ने घोषणा गरेका हुन् । २१ दिन मा यो विश्व समस्याबाट पार पाउन नसके यसको निकै भयंकर असर हुने भन्दै भारतीय प्रधानमन्त्रीले भारतका हेरेक नागरिकलाई अबको २१ दिन घरबाट बाहिर ननिस्कन आव्हान गरेका छन् ।
चीन, इटाली र अमेरिका पछि सबै भन्दा ठुलो संकट भारतमा अउन सक्ने विशेषज्ञहरुले चेतावनी दिएका छन् । भारतमा लकडाउनका बेला जरुरी समानको कमी हुन नदिने भारतीय प्रधानमन्त्रीले बताएका छन् ।
पहिलाे १ लाखमा काेराेना फैलन ६७ दिन लागेकाे तर १ लाखबाट २ लाख हुन मात्र ११ दिन लागेकाे र २ बाट ३ लाख हुन मात्र ४ दिन लागेकाे भन्दै काेराेनालाइ गम्भीर रूपमा लिन देशवासीलाइ माेदीले आग्रह गरेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस