फ्रान्समा एकै दिन २ सय ४० जनाको मृत्यु

चैत्र १०, २०७६। सोमबार।
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले फ्रान्समा एकै दिन २ सय ४० जनाको ज्यान लिएको छ । फ्रान्समा कोरोना भाइरसबाट एकै दिन १ हजार ५ सय ५९ जना संक्रमित भएका छन् । हिजो मंगलबार सम्म फ्रान्समा ११ सय जनाको मृत्यु भएको छ । फ्रान्समा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या २२ हजार ३ सय ४ पुगेको छ ।
हाल सम्म विश्वका १ सय ९७ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट बिगत २४ घण्टामा २ हजार २ सय ९६ जनाको मृत्यु भएको छ । यो संगै विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ४ लाख २१ हजार ३ सय ६७ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस