मंगलबार कोरोनाले ५६ देशका २ हजार २ सय भन्दा बढीको ज्यान लियो
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मंगलबार कोरोनाका कारण ५६ देशका २ हजार २ सय भन्दा बढीको मृत्यु भएको छ । यस्तै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १८ हजार ८ सय १० पुगेको छ । बिगत २४ घण्टामा विश्वका २ हजार २ सय ९६ जनाको मृत्यु भएको हो । यो संगै विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ४ लाख २१ हजार ३ सय ६७ पुगेको छ ।
कोरोना भाइरसबाट इटालीमा सबै भन्दा बढी ७ सय ४३को ज्यान गएको छ । यसै गरी स्पेनमा ६ सय ८० ,इरानमा १ सय २२, फ्रान्समा २ सय ४०, तथा अमेरिकामा १ सय ४५ जना को मृत्यु भएको छ । यस्तै युकेमा ८७ जना, नेदरल्याण्डमा ६३ जनाको मृत्यु भएको छ ।
यसै गरी कोरोना भाइरसबाट जर्मनीमा ३६ जना, बेल्जीयममा ३४ जनाको मृत्यु भएको छ ।भने पोर्चुगलमा १३ जना, स्विडेनमा १० जनाको ज्यान गएकोे छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस