मंगलबार कोरोनाले ५६ देशका २ हजार २ सय भन्दा बढीको ज्यान लियो

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मंगलबार कोरोनाका कारण ५६ देशका २ हजार २ सय भन्दा बढीको मृत्यु भएको छ । यस्तै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १८ हजार ८ सय १० पुगेको छ । बिगत २४ घण्टामा विश्वका २ हजार २ सय ९६ जनाको मृत्यु भएको हो । यो संगै विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ४ लाख २१ हजार ३ सय ६७ पुगेको छ ।
कोरोना भाइरसबाट इटालीमा सबै भन्दा बढी ७ सय ४३को ज्यान गएको छ । यसै गरी स्पेनमा ६ सय ८० ,इरानमा १ सय २२, फ्रान्समा २ सय ४०, तथा अमेरिकामा १ सय ४५ जना को मृत्यु भएको छ । यस्तै युकेमा ८७ जना, नेदरल्याण्डमा ६३ जनाको मृत्यु भएको छ ।
यसै गरी कोरोना भाइरसबाट जर्मनीमा ३६ जना, बेल्जीयममा ३४ जनाको मृत्यु भएको छ ।भने पोर्चुगलमा १३ जना, स्विडेनमा १० जनाको ज्यान गएकोे छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस