• जीवनशैली | Jiwanshaili
  • बेलायती युवराज चार्ल्सलाई कोरोना


    बेलायती युवराज चाल्र्सलाई समेत कोरोना संक्रमण देखिएको छ । प्रिन्स अफ वेल्स युवराज चाल्र्सलाई कोरोना भाइर देखिएको तर उनको अवस्था साधारण रहेको उनका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    युवराज चाल्र्स ७० वर्षका छन् । चाल्र्स अहिले आफ्नाे घर स्कटल्याण्डमा सेल्फ आइसोलेसनमा बसेको बताइएको छ । चाल्र्स केही समयदेखि सेल्फ क्यावरेन्टाइनमा थिए । उनी घरबाटै काम गरिहेका थिए । तर पनि उनलाई भाइरसको संक्रमण भएको छ ।

    काेराेना स‌ंक्रमणकाे कुनै लक्षण नदेखिए पनि नियमित जाँच गर्दा उनमा भाइरस देखिएकाे हाे । बेलायतम बृद्ध अवस्थामा रहेकाहरू सबैकाे काेराेना परिक्षण गर्ने नीति लिइए अनुरूमा युवराज चार्ल्सकाे परिक्षण भएकाे थियाे । उनकी पत्नी क्यामिल्ल पार्कर बाउललाई भने संक्रमण नेगेटिभ आएकाे जनाइएकाे छ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस