बेलायती युवराज चार्ल्सलाई कोरोना
बेलायती युवराज चाल्र्सलाई समेत कोरोना संक्रमण देखिएको छ । प्रिन्स अफ वेल्स युवराज चाल्र्सलाई कोरोना भाइर देखिएको तर उनको अवस्था साधारण रहेको उनका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
युवराज चाल्र्स ७० वर्षका छन् । चाल्र्स अहिले आफ्नाे घर स्कटल्याण्डमा सेल्फ आइसोलेसनमा बसेको बताइएको छ । चाल्र्स केही समयदेखि सेल्फ क्यावरेन्टाइनमा थिए । उनी घरबाटै काम गरिहेका थिए । तर पनि उनलाई भाइरसको संक्रमण भएको छ ।
काेराेना संक्रमणकाे कुनै लक्षण नदेखिए पनि नियमित जाँच गर्दा उनमा भाइरस देखिएकाे हाे । बेलायतम बृद्ध अवस्थामा रहेकाहरू सबैकाे काेराेना परिक्षण गर्ने नीति लिइए अनुरूमा युवराज चार्ल्सकाे परिक्षण भएकाे थियाे । उनकी पत्नी क्यामिल्ल पार्कर बाउललाई भने संक्रमण नेगेटिभ आएकाे जनाइएकाे छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस