• जीवनशैली | Jiwanshaili
  • स्पेन अपडेट: थप ४४३ काे मृत्यु


    चैत्र १२, २०७६
    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट स्पेनमा थप ४४३ जनाको ज्यान गएको छ । पछिल्लो समय स्पेनमा सङ्क्रमितको सङ्ख्या बढी रहेको अवस्थामा आज यतिको सङ्ख्यामा मृत्यु भएको हो ।

    यो सँगै स्पेनमा हाल सम्म ३ हजार ४ सय ३४ जनाको ज्यान गएको छ । मंगलबार स्पेनमा ५ हजार ५ सय ५२ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । स्पेनमा ४७ हजार ६ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस