• जीवनशैली | Jiwanshaili
  • एकै दिन विश्वका ४६ हजार व्यक्तिमा कोरोना, मर्नेकाे संख्या २१ हजार नाघ्याे (तालिका सहित)


    चैत्र १३, २०७६ । काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार १ सय ८५ पुगेको छ । बिगत २४ घण्टामा २ हजार २ सय ९१ जनाको मृत्यु भएको छ । यो संगै विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ४ लाख ४८ हजार ५सय ७ ७ पुगेको छ । एकै दिन विश्वका ४६ हजार३ जनामा कोरोना भाइरसकोे सक्रमण फेला परेको छ ।

    इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ७ सय ४३ जनाले ज्यान गुमाएसँगै हालसम्म इटालीमा ज्यान गुमाउनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ । ७४ हजार ३ सय ८६ जना सङ्क्रमित छन् ।

    संक्रमितमध्य ९ हजार ३ सय ६२ जना उपचारपछि निको भएका छन् भने ५७ हजार ५ सय २१ जना उपचाररत छन् । जसमध्ये पनि ३ हजार ४ सय ८९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    नोवल कोरोना भाइरसबाट मंगलबार स्पेनमा थप ६५६ जनाको ज्यान गएको छ । पछिल्लो समय स्पेनमा सङ्क्रमितको सङ्ख्या बढी रहेको अवस्थामा आज यतिको सङ्ख्यामा मृत्यु भएको हो ।

    यो सँगै स्पेनमा हाल सम्म ३ हजार ६ सय ४७ जनाको ज्यान गएको छ । मंगलबार स्पेनमा ७ हजार ४ सय ५७ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । स्पेनमा ४९ हजार ५ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वव्यापी महामारीको प्रकोपको रुपमा फैलिएको नोवल कोरोना भाइरसका कारण इरानमा थप १ सय ४३ जनाको ज्यान गएको छ । इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुशार १ हजार ९ सय ६२जना नयाँ संक्रमित थपिएका छन् ।
    इरानमा हाल सम्म २ हजार ७७ जनाको ज्यान गइसकेको छ । हाल सम्म इरानमा २७ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस