बिगत २४ घण्टामा इटालीमा ६८३ काे मृत्यु
चैत्र १३, २०७६ । काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ६ सय ८३ जनाले ज्यान गुमाएसँगै हालसम्म इटालीमा ज्यान गुमाउनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ । ७४ हजार ३ सय ८६ जना सङ्क्रमित छन् ।
संक्रमितमध्य ९ हजार ३ सय ६२ जना उपचारपछि निको भएका छन् भने ५७ हजार ५ सय २१ जना उपचाररत छन् । जसमध्ये पनि ३ हजार ४ सय ८९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
यो संगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार १ सय ८५ पुगेको छ । बिगत २४ घण्टामा २ हजार २ सय ९१ जनाको मृत्यु भएको छ । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ४ लाख ४८ हजार ५सय ७ ७ पुगेको छ । एकै दिन विश्वका ४६ हजार३ जनामा कोरोना भाइरसकोे सक्रमण फेला परेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस