• जीवनशैली | Jiwanshaili
  • स्पेनमा थप ४४२ जनाको मृत्यु


    चैत्र १३, २०७६
    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट स्पेनमा थप ४४२ जनाको ज्यान गएको छ । पछिल्लो समय स्पेनमा सङ्क्रमितको सङ्ख्या बढी रहेको अवस्थामा आज यतिको सङ्ख्यामा मृत्यु भएको हो ।

    यो सँगै स्पेनमा हाल सम्म ४ हजार ८९ जनाको ज्यान गएको छ । मंगलबार स्पेनमा ६ हजार ६ सय ५३ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । स्पेनमा ५६ हजार १ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस