• जीवनशैली | Jiwanshaili
  • नेपालमा चौथो व्यक्तिमा पनि कोरोना


    नेपालमा थप एक ब्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको एक ब्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

    दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । यो संगै नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस