• जीवनशैली | Jiwanshaili
  • कोरोना कहर: इटालीमा एकै दिनमा ९१९,स्पेनमा ७७३, अमेरिकामा संक्रमित १ लाख नाघ्याे (तालिका)


    कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या विश्वभर करिब ६ लाख पुगेको छ । शुक्रबार विश्वभर उक्त भाइरसबाट संक्रमित हुनेहरुको संख्या ५ लाख ९४ हजार ४ सय ८९ पुगेको छ । त्यस्तै सो भाइरस संक्रमणबाट मर्नेको संख्या २७ हजार २ सय ५५ पुगेको छ भने चौबिस घण्टामा ६२ हजार ६ सय २४ जना नयाँ संक्रमितहरु थपिएका छन्, सोही अवधिमा (चौबिस घण्टा) विश्वमा ३ हजार १ सय ८२ जनाको सो भाइरस संक्रमणबाट मृत्यु भएको छ

    इटालीमा शुक्रबार मात्र ९ सय १९ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा ७ सय ७३ जनाको ज्यान गएको छ । त्यस्तै इरानमा १४४ जनाको मृत्यु भएको छ भने अमेरिकामा ३१२ जनाको मृत्यु भएको छ । फान्समा २ सय ९९ ,जर्मनी र नेदरल्यान्डसमा क्रमसः ८४ र ११२ जनाको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म मृत्यु हुनेको संख्या ९ हजार १ सय ३४ पुगेको छ भने स्पेनमा ५ हजार १ सय ३८ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस