फ्रान्समा एकै दिन ३ सय १९ जनाको ज्यान गयो
चैत्र- १६।२०७६।आईतबार
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले फ्रान्समा एकै दिन ३ सय १९ जनाको ज्यान लिएको छ । फ्रान्समा कोरोना भाइरसबाट एकै दिन ४ हजार ६ सय ११ जना संक्रमित भएका छन् । हिजो शुक्रबारसम्म फ्रान्समा २ हजार ३ सय १४ जनाको मृत्यु भएको छ ।
फ्रान्समा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या ३७ हजार ५ सय ७५ पुगेको छ ।
हाल सम्म विश्वका १ सय ९९ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा ३० हजार ८ सय ४७ जनाको मृत्यु भएको छ। भने ६ लाख ६२ हजार ७ सय ३२ जना संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस