अमेरिकामा कोरोना भाइरसका कारण नवजात शिशुको मृत्यु
चैत्र- १६।२०७६।आईतबार ।
अमेरिकामा कोरोना भाइरसको जोखिम द्रुत गतिमा बढिरहेको छ। कोरोना भाइरसका संक्रमित व्यक्तिको संख्या १ लाख २० हजार नाघेको छ। यसैबीच, यहाँ कोरोना भाइरसको अत्यन्त दुर्लभ घटना बाहिर आएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरसबाट एक बच्चाको मृत्यु भएको खुलेको छ।
अहिले सम्म घातक कोरोना भाइरसको उच्च जोखिम बृद्धहरूमा देखिएको छ। कमजोर प्रतिरोधात्मकता यसको पछाडिको कारणको रूपमा उल्लेख गरिएको छ, तर अहिलेसम्म यस्तो अवस्था कतैबाट आएको थिएन। जसमा एक बच्चाको मृत्यु भएको छ।
पत्रकार सम्मेलनको क्रममा गभर्नर जेबी प्रित्जकरले बिगत २४ घण्टामा कोरोना भाइरसबाट मर्नेहरूमा एक बच्चा पनि रहेको बताएका हुन्। राज्यको सार्वजनिक स्वास्थ्य विभागका अनुसार शिकागोमा मर्ने बच्चा एक वर्ष मुनिका थिए र उनी कोरोना भाइरस बाट संक्रमित थिए।
बच्चाको मृत्युको कारण पत्ता लगाउन पूर्ण अनुसन्धान भइरहेको छ।
गत हप्ता, फ्रान्समा एक १६ वर्षीया युवतीको कोरोना भाइरसका कारण मृत्यु भएको घटना बाहिर आएको थियो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस