क्वारेन्टाईनमा राखिएका दुबईबाट नेपाल आएका एक ब्यक्तिको मृत्यु

कोरोनाको आशंकामा क्वारेन्टाईनमा राखिएका दुबईबाट नेपाल आएका एक ब्यक्तिको मृत्यु भएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना अस्पतालको क्वारेन्टाईनमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको हो । कोरोना विशेष अस्पताल स्रोतका अनुसार क्यारेन्टाइनमा राखिएका सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षिया एक जनाको मृत्यु भएको हो। उनी चैत ८ गते वैदेशिक रोजगारी गएर दुबईबाट नेपाल आएका थिए। उनी १३ गते कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा भर्ना भएका थिए। उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।
बिरामीको मृत्यु भएपछि अहिले अस्पतालको बैठक बसेको छ। बैठकपछि थप जानकारी गराइने भएको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस