क्वारेन्टाईनमा राखिएका दुबईबाट नेपाल आएका एक ब्यक्तिको मृत्यु
कोरोनाको आशंकामा क्वारेन्टाईनमा राखिएका दुबईबाट नेपाल आएका एक ब्यक्तिको मृत्यु भएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना अस्पतालको क्वारेन्टाईनमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको हो । कोरोना विशेष अस्पताल स्रोतका अनुसार क्यारेन्टाइनमा राखिएका सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षिया एक जनाको मृत्यु भएको हो। उनी चैत ८ गते वैदेशिक रोजगारी गएर दुबईबाट नेपाल आएका थिए। उनी १३ गते कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा भर्ना भएका थिए। उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।
बिरामीको मृत्यु भएपछि अहिले अस्पतालको बैठक बसेको छ। बैठकपछि थप जानकारी गराइने भएको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस