• जीवनशैली | Jiwanshaili
  • लकडाउनको अवधि लम्बिने पक्का


    सरकारले लकडाउनको अवधि लम्ब्याउने भएको छ ।आइतबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले लकडाउनको अवधि थप गर्नुपर्ने निश्कर्ष निकालेको हो । तर कति दिन भन्ने टुंगो लगाएको छैन ।बैठकमा सहभागी एक मन्त्रीले भने ‘लकडाउन लम्ब्याउनुपर्छ भन्ने छलफल भएको छ, कति दिन भन्ने मन्त्रिपरिषदले निर्णय गर्छ ।’
    मन्त्रिपरिषद बैठक आइतबार नै चार बजे बस्नेछ ।यसअघि सरकारले चैत १० गतेदेखि चैत १८ गते विहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस