शहरलाई किटाणु मुक्त बनाउने काठमाडौं महानगरपालिकाको अभियान
चैत्र १६, काठमाडाैं । देशमा ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि संक्रमण अझ फैलन नदिन देशका तीनै निकायका सरकार जुटेका छन् । देशभर शहरहरुमा किटाणुको जोखिम कम गर्न औषधी छर्कने अभियान थालिएको छ । काठमाडौ महानगरपालिका पनि काठमाडौका हरेक वडालाई डिस इन्फेक्सन गर्न लागि परेको छ ।

काठमाडौ महानगरपलिकाका नगर प्रहरीको नेतृत्वमा काठमाडौलाई किटाणु मुक्त पार्ने अभियान थालिएको छ । यही अभियान सफल पार्न खटिएका काठमाडौ महानगर पालिकाको नगर प्रहरीका नायब उपरिक्षक धनपति सापकोटा महानगरपालिकको मुल गेटमै बसेर औषधीको ट्याङ्की बोकेर काठमाडौका विभिन्न क्षेत्रमा गएका टोलीहरुलाई निर्देशन दिइरहेका थिए ।

उनका अनुसार काठमाडौको हरेका वडामा वडा कार्यालय र त्यहाँका जनप्रतिनिधीहरुसँव समन्वय गरी औषधी सहितको टोली परिचालन गरिएको छ ।
‘प्रत्येक वडामा अहिले एक दिन विराएर औषधी छर्किइँदै छ’ सापकोटाले भने, ‘स्थानीय जनप्रतिनिधीहरुलाई आफ्नाे क्षेत्रको अवस्थितिको ज्ञानहुने भएर उनीहरुलाई पनि टोलीसँग खटाइएको छ ।’

महानगरले अहिले औषधी छर्कन ११ वटा ट्याङ्कर संचालन गरेको छ । संचालित ट्याङ्करहरुमा ३ वटा ४ हजार लिटर र बाँकी १ हजार लिटर क्षमताका रहेको सापकोटाले बताए । प्रत्येक ट्याङ्करले दिनमा ५ पटक रिफिल गरेर वडाहरुमा औषधी छर्किरहेका छन् । एउटा ट्याङ्करले एक दिनमा एक वडाको सबै ठाउँमा औषधी छर्किइसक्ने जिम्मेवारी दिइएको छ ।

औषधी छर्कन सुरु गरेको आइतबार तीन दिन भएको छ । आइतबार बेलुका सम्म सम्पूर्ण वडाहरुमा कम्तिमा एक पटक औषधी छरिसक्ने लक्ष्य रहेको छ । त्यसपछि प्रत्येक वडामा एक दिन विराएर औषधी छर्किइने छ ।

विज्ञहरुको टोलीले मानव स्वास्थमा असर नपार्ने किटनासक औषधी तयार पारेको यो प्रभवकारी हुने महानगरपालिकाको भनाई छ ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस