एअर अरेबियामा आएका दुईजना कञ्चनपूर जिल्लामा भेटिए
गत चैत्र ६ गते दुबइको सारजहाँबट एअर अरेबिया एअरलाइन्सको जी ९३७ बिमानमा फर्किएका एक नेपालीमा कोरोना संक्रमण देखिए पछि उनीसँग विमान आएका व्यक्तिहरुको खोजी गर्ने क्रममा दुइजना कञ्चनपुरमा पहिचान भएका छन् ।
पहिचान भएका मध्ये एकजना भीमदत्त नगरपालिका र अर्का एक जना बेलौरी नगरपालिकाका छन् । पहिचानभएका युवाहरुको उमेर क्रमशः २७ र ३० वर्ष रहेको जनाइएको छ । पहिचान भएका दुवै जना आ आफ्नाे घरमै रहेका छन् । दइ मध्ये एक जनाको स्वाव परीक्षणको लागि काठमाडौं पठाइएको छ ।
अर्का एकजनकाे भने स्वाब समेत संकलन गरिएकाे छैन । उनी घरैमा रहेकाे बताइएकाे छ ।
यसअघि सोही विमानबाट फर्किएका ८ जना नवलपरासीमा भेटिएका थिए । नवलपरासीमा भेटिएका सबैलाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस