एअर अरेबियामा आएका दुईजना कञ्चनपूर जिल्लामा भेटिए

गत चैत्र ६ गते दुबइको सारजहाँबट एअर अरेबिया एअरलाइन्सको जी ९३७ बिमानमा फर्किएका एक नेपालीमा कोरोना संक्रमण देखिए पछि उनीसँग विमान आएका व्यक्तिहरुको खोजी गर्ने क्रममा दुइजना कञ्चनपुरमा पहिचान भएका छन् ।
पहिचान भएका मध्ये एकजना भीमदत्त नगरपालिका र अर्का एक जना बेलौरी नगरपालिकाका छन् । पहिचानभएका युवाहरुको उमेर क्रमशः २७ र ३० वर्ष रहेको जनाइएको छ । पहिचान भएका दुवै जना आ आफ्नाे घरमै रहेका छन् । दइ मध्ये एक जनाको स्वाव परीक्षणको लागि काठमाडौं पठाइएको छ ।
अर्का एकजनकाे भने स्वाब समेत संकलन गरिएकाे छैन । उनी घरैमा रहेकाे बताइएकाे छ ।
यसअघि सोही विमानबाट फर्किएका ८ जना नवलपरासीमा भेटिएका थिए । नवलपरासीमा भेटिएका सबैलाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस