कोभिड–१९ को जानकारीसहित वेबसाइट र मोबाइल एप्स

काठमाडौँ, १६ चैत / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न वेबसाइट र मोबाइल एप्स शुरु गरेको छ । आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वेबसाइट ‘कोभिड डट एमओएचपी डट जिओभी डट एनपी’(covid.mohp.gov.np) र हाम्रो स्वास्थ्य मोबाइल एप्स को शुभारम्भ गर्नुभयो ।
मन्त्रालयले एप्ससँगै कोभिड–१९ को सूचना प्राप्त गर्न सहज होस् भनेर सबैको पहुँचका लागि भाइबर कम्यूनिटी पनि प्रयोगमा ल्याएको छ । मन्त्री ढकालले कोभिड–१९ विरुद्ध लड्न उपलब्ध स्वास्थ्य सेवाको अवस्था र विवरणका साथै कोरोनाबारे एकीकृत रूपमा सही जानकारी तथा सूचना उपलब्ध गराउन यस्तो व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले सरकारले कोरोनाविरूद्ध उच्च सतर्कताका साथ काम गरिरहेकाले नआत्तिन पनि अनुरोध गर्नुभयो । उहाँले नयाँ वेबसाइट, मोबाइल एप्स र भाइबर क्म्यूनिटीको उपयोग गरेर लाभ लिन सबैमा अनुरोधसमेत गर्नुभयो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को तत्काल जानकारीसहित सम्पूर्ण सूचना आमनागरिक माझ सहजरुपले पु¥याउने उद्देश्यले मन्त्रालयले प्रोगेसिभ इन्जिनियरिङ एशोसियसन नेपाल, नक्सा, सोच नेपाल, कोड फर कोर इनोभेसन, आइटी म्याप्ससँग समन्वय गरेर वेभ एप्लिकेशन तयार पारेको हो ।
वेबसाइटमा हब अस्पताल, कोभिड–१९ लक्षित अस्पताल र क्वारेन्टाइनको अवस्थिति र अवस्थासहितको जानकारी पाइने छ । त्यस्तै ‘आइसोलेसन बेड’ को जानकारीसमेत सबैले जुनसुकै स्थानबाट हेर्न सक्नेछन ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस