विगत २४ घण्टामा जर्मनीमा १०८, नेदरल्याण्डमा १३२ र बेल्जियममा ७८ जनाको मृत्यु

चैत्र९ १७।२०७६।सोमबार
विश्वै महामारीको चपेटामा पारेको कोभिड १९ का कारण विगत २४ घण्टामा मात्रै ३३ हजार ९ सय ५६ जनाको मृत्यु भएको छ। भने ७ लाख २१ हजार ३ सय ३ जना सङ्क्रमित छन्। जर्मनीमा आइतबार १०८ जनाको मृत्यु भएको छ । हाल सम्म ६२ हजार ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिसकेको जर्मनीमा आइतबार थप ४ हजार ४ सय व्यक्तिमा भाइरसको सङ्क्रमण देखिएको हाे ।
यस्तै नेदरल्याण्डमा पनि आईत बार १ सय ३२ जनाको ज्यान गएको छ भने बेल्जियममा ७८ जनाको मृत्यु भएको छ । हाल सम्म १० हजार ८ सय ६६ जनामा भाइरसको सङ्क्रमण देखिएको नेदरल्याण्डमा आइतबार थप १ हजार १ सय ४ जनामा सङ्क्रमण थपिएको हो ।
यस्तै बेल्जियममा पनि विगत २४ घण्टामा १ हजार ७ सय २ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । हाल सम्म बेल्जियममा १० हजार ८ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस