विगत २४ घण्टामा जर्मनीमा १०८, नेदरल्याण्डमा १३२ र बेल्जियममा ७८ जनाको मृत्यु
चैत्र९ १७।२०७६।सोमबार
विश्वै महामारीको चपेटामा पारेको कोभिड १९ का कारण विगत २४ घण्टामा मात्रै ३३ हजार ९ सय ५६ जनाको मृत्यु भएको छ। भने ७ लाख २१ हजार ३ सय ३ जना सङ्क्रमित छन्। जर्मनीमा आइतबार १०८ जनाको मृत्यु भएको छ । हाल सम्म ६२ हजार ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिसकेको जर्मनीमा आइतबार थप ४ हजार ४ सय व्यक्तिमा भाइरसको सङ्क्रमण देखिएको हाे ।
यस्तै नेदरल्याण्डमा पनि आईत बार १ सय ३२ जनाको ज्यान गएको छ भने बेल्जियममा ७८ जनाको मृत्यु भएको छ । हाल सम्म १० हजार ८ सय ६६ जनामा भाइरसको सङ्क्रमण देखिएको नेदरल्याण्डमा आइतबार थप १ हजार १ सय ४ जनामा सङ्क्रमण थपिएको हो ।
यस्तै बेल्जियममा पनि विगत २४ घण्टामा १ हजार ७ सय २ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । हाल सम्म बेल्जियममा १० हजार ८ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस