कोरोनाविरुद्ध १ करोडको कोष स्थापना

जलेश्वर, १७ चैत / विश्वव्यापी महामारीको रुप लिइसकेको कोरोना भाइरसको सम्भावित सङ्क्रमण तथा खतरा रोकथामका लागि कोरोनाविरुद्ध महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाले रु एक करोडको कोष स्थापना गरेको छ ।
सोनमा गाउँपालिकामा कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन तथा सङ्क्रमणबाट बाँच्न र बचाउनका लागि रु एक करोडको कोष स्थापना गरिएको गाउँपालिका अध्यक्ष राजकुमार यादवले बताउनुभयो । उहाँले त्यस गाउँपालिकाको प्रत्येक वडाको प्रत्येक गाउँठाउँमा कोरोना भाइरससम्बन्धी जनचेतना फैलाउने काम भइरहेको, जनप्रतिनिधिहरु गाउँगाउँमा घुमिरहेको तथा स्थानीय बासिन्दालाई कोरोनाको सङ्क्रमणबाट बच्न र बचाउनका लागि आवश्यक सरसल्लाह दिइरहेको अध्यक्ष यादवले बताउनुभयो । त्यसैगरी सोनमा गाउँपालिकाको क्षेत्रभित्र कसैलाई कोरोना भाइरसको सङ्क्रमण वा लक्षण देखिएमा उनीहरुलाई छुट्टै व्यवस्थित रुपमा राख्नका लागि वडा नं. ३ स्थित खखना माध्यमिक विद्यालयमा ५० बेडको क्वारेन्टाइनसमेत निर्माण गरिएको बताउनुभयो ।
अध्यक्ष यादवले अहिले आफ्नो गाउँपालिका पूर्णरुपमा सुरक्षित रहेको तथा कोरोनाको विरुद्ध लड्न आफू तथा आफ्ना सम्पूर्ण जनप्रतिनिधि तयार अवस्थामा रहेको बताउनुभयो । सोनमा गाउँपालिका जिल्लाकै विकट गाउँपालिका रहे पनि गाउँपालिका अध्यक्ष यादवको विभिन्न पहलमा सो गाउँपालिका स्वास्थ्य क्षेत्रमा निकै फड्को मारेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस