• जीवनशैली | Jiwanshaili
  • ४० दिनकाे हुन्छ क्वारेन्टिन, यस्ताे छ इतिहास


    कोरोना भाइरस संसारमा फैलिएपछि नेपालमा पनि यसको प्रभाव परेको छ । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न देशव्यापी लक डाउन गरेको छ । यो सँगै सबै नागरिकलाई घर भित्रै बस्न भनिएको छ । अर्थात् होम क्वारेन्टाइनमा बस्न भनिएको छ । कोरोना भाइरस सङ्क्रमणको आशङ्का लागेमा जो कोहीलाई पनि क्वारेन्टाइनमा राख्ने गरिएको । चाहे त्यो सेल्फ क्वारेन्टाइन होस् वा त्यो होम क्वारेन्टाइन । अहिले सबैको जिब्रोमा एउटा शब्द झुन्डिरहेको छ । त्यो शब्द हो क्वारेन्टाइन । आज सबै जनाले यसको प्रयोग गरिरहेका छन्। यद्यपि हामी मध्ये कतिपय मानिसहरूलाई यसको अर्थ अहिले पनि थाहा छैन।

    यो शब्द आजको समयमा सबै भन्दा लोकप्रिय शब्दहरू मध्ये एक भएको छ। यो शब्द विश्वका लाखौँ व्यक्तिहरूको लागि नयाँ छ। तर, के तपाईँले कहिल्यै यो शब्द कहाँबाट आयो र कहिले प्रयोग भएको थियो भनेर सोच्नुभएको छ? हामीसँग यसको उत्तर छ।

    क्वारेन्टाइन शब्द वास्तवमा क्वारंटेना शब्दबाट आएको हो, जुन भेनेटियन भाषाको शब्द हो।


    तर त्यो भन्दा पहिले हामी तपाईँलाई यसको अर्थको बारेमा व्याख्या गरौँ। क्वारेन्टाइन उसको लागि प्रयोग गरिन्छ जसबाट कुनै रोग सर्ने खतरा छ । यो समयमा मानिसहरूलाई एक ठाउँमा बन्द गरिन्छ जहा कसै सँग पनि भेटघाट वा प्रत्यक्ष सम्पर्क नहोस् । जहाँ बाहिरको मानिस जान प्रतिबन्ध हुनुका साथै बाहिर निस्कन समेत प्रतिबन्ध लगाइएको छ । यसलाई मेडिकल आइसोलसन वा कर्डोन सेनिटायर पनि भनिन्छ । यदि त्यस्ता व्यक्तिहरू सामान्य व्यक्तिहरूझैँ खुला छोडियो भने तिनीहरू हजारौँ मानिसहरूलाई रोग सार्न सक्छन् ।


    क्वारेन्टाइन शब्द वास्तवमा क्वारंटेना शब्दबाट आएको हो, जुन भेनेटियन भाषाको शब्द हो। भेनेटियन १४ औ­ १५ औ शताब्दिमा इटालीमा बोलिने गरेको भाषा हो । यो विशेषगरी इटालीके भेनेतो क्षेत्रमा बोलिने रोमन भाषा नै हो । भेनेतो इटालीके त्यही क्षेत्र हो जहाँ विश्व प्रशिद्ध शहर भेनिस पर्छ । भेनिस भेनिस भेनेतोको राजधानी हो ।

    फेरी जाऔ क्वारेन्टाइन शब्दमा । यो शब्द भेनेटियन भाषाको क्वारेन्टीना शब्दबाट आएको हो । यसको मतलब ४० दिन सम्म हुन्छ। १३४८ देखि १३५९ को अवधिमा युरोपको ३० प्रतिशत जनसङ्ख्या प्लेग महामारीबाट ज्यान गुमाए। त्यस बेला १३७७ मा भेनेटियनहरुको बाहुल्यता रहेको तत्कालीन क्रोएसियाली शहर रागुवास (जसलाई अहिले दुब्रोभ्निक भनिन्छ)ले आफ्नो देशमा आउने जहाज र मानिसहरूलाई ३० दिनसम्म टापुमा अलग राख्न आदेश जारी गर्‍यो। त्यो त्यबेला कुनै व्यक्तिमा प्लेग लाग्न सक्ने समयको अनुमान थियो । त्यबीच अलग राखिएका ती व्यक्तिहरुलाई निगरानीमा राखिन्थ्यो ।

    १४४८ मा तत्कालीन भेनिसका शासक भेनातियन सेनातेले यसरी अगल राख्ने समय ४० दिन पुर्‍याइयो । त्यसैबेला क्वारेन्टाइन शब्दको जन्म भयो ।

    १४४८ मा तत्कालीन भेनिसका शासक भेनातियन सेनातेले यसरी अगल राख्ने समय ४० दिन पुर्‍याइयो । त्यसैबेला क्वारेन्टाइन शब्दको जन्म भयो ।

    जबसम्म यो तीस दिनसम्म भयो, यसलाई ट्रेन्टाइन भनियो, जब यो ४० दिन थियो, यसलाई क्वारेन्टाइन भन्न थालियो । ४० दिनको क्वारनटिनको प्रभाव त्यस समयमा स्पष्ट देखिन्थ्यो र प्लेग एक हदसम्म नियन्त्रण गरिएको थियो। त्यतिखेर, प्लेगको बिरामी लगभग ३७ दिन भित्र मृत्यु हुने गर्दथ्यो। जसलाई क्वारेन्टाइनको अवधीमा केही हुँदैन थियो, उ सुरक्षित मानिन्थ्यो ।

    क्वारेन्टाइनको शब्दको उल्लेख ७ औँ शताब्दीको पुस्तक ‘बुक अफ लेभेटकस’मा पनि पाइन्छ। यसले बिरामी व्यक्तिलाई अरूबाट अलग गरेको कुरा उल्लेख गरेको छ। यस पुस्तकमा उल्लेख भएके सन्दर्भमा, जब शरीरमा सेतो दाग देखा पर्दछ, बिरामीलाई सात दिनको लागि अलग राखिन्थ्यो। सात दिन पछि, बिरामीलाई ठिक नभएमा पुन ७ दिन सम्म अलग राखिन भनियो ।

    क्वारेन्टाइनको शब्दको उल्लेख ७ औँ शताब्दीको पुस्तक ‘बुक अफ लेभेटकस’मा पनि पाइन्छ। यसले बिरामी व्यक्तिलाई अरूबाट अलग गरेको कुरा उल्लेख गरेको छ।

    इस्लामी इतिहासमा बिफर देखा परेको बेला बिरामीलाई केही दिनको लागि अलग राख्ने उल्लेख छ। ७०६-७०७ मा, छैठौं अल वालिदले सिरियाको दमास्कसमा एउटा अस्पताल बनाए। उनले आदेश दिए कि बिफर बिरामीहरूलाई अस्पतालमा अरूबाट अलग राख्नु। यो रोगका बिरामीहरूको एक्लोपन १४३१ मा सुरु भयो जब ओटोम्यानले बिफरको लागि एडरिनमा कुष्ठरोग अस्पताल बनाए। इस्लामी इतिहासमा पहिलो पटक १८३८ मा क्वारेन्टाइन शब्दको प्रयोग गरिएको थियो । जो पहेँलो ज्वरो फैलिएको रोकथामको लागि र त्यस पछि बिफर रोकथामका लागि सहयोगी सिद्ध भएको थियो।

    सन् १८८४ तिर कोलेराको महामारीका समयमा पनि यस्तै क्वारेन्टाइन गरिएको उल्लेख पाईन्छ ।


    क्याटेगोरी : कोरोना अपडेट, खोज/विशेष

    प्रतिक्रिया दिनुहोस