इटालीमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

विश्व ब्यापी महामारीको रुपलिएको कोभिड १९ का कारण इटालीमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । सोमबार थप ४ हजार ५० जनामा कोरोना भाइरसको संक्रमण भएपछि एक लाख नाघेको हो । हाल सम्म अमेरिका पछि एक लाख भन्दा बढी संक्रमण हुने इटली थप अर्को देश बनेको हो ।
इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल सम्म इटलीमा ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाएका छन् । याे संगै इटालीमा समग्र संक्रमितको संख्या पनि १ लाख १ हजार ७ सय ३९पुगेको छ ।
उनीहरुमध्ये १४ हजार ६ सय २० जना निको भएर फर्किसकेका छन् ।
अहिले ७५ हजार ५ सय २८ मानिस उपचाररत छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस