• जीवनशैली | Jiwanshaili
  • अमेरिकामा थप ५ सय ६५ जनाको मृत्यु


    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारणअमेरिकामा सोमबार थप ५ सय ६५ जनाको मृत्यु भएको छ । हिजो सोमबारसम्म अमेरिकामा ३ हजार १ सय ६८ जनाको मृत्यु भएको छ ।

    यस्तै नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या अमेरिकामा १ लाख ६३ हजार २ सय ७९ पुगेको छ । फ्रान्समा कोरोना भाइरसबाट गएको २४ घण्टामा १९ हजार ७ सय ८८ जना संक्रमित भएका छन् ।
    हाल सम्म विश्वका १ सय ९९ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा ३७ हजार भन्दा बढीको मृत्यु भएको छ। भने ७ लाख ८३ हजार भन्दा बढी संक्रमित छन्।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस