विगत २४ घण्टामा जर्मनीमा १०४, नेदरल्याण्डमा ९३ र बेल्जियममा ८२ जनाको मृत्यु
चैत्र९ १८।२०७६।मंगलबार
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण जर्मनीमा सोमबार थप १ सय ४ जनाको मृत्यु भएको छ । हिजो सोमबारसम्म जर्मनीमा ६ सय ४५ जनाको मृत्यु भएको छ । हाल सम्म ६६ हजार ८ सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिसकेको जर्मनीमा सोमबार थप ४ हजार ४ सय ५० व्यक्तिमा भाइरसको सङ्क्रमण देखिएको हो ।
यस्तै नेदरल्याण्डमा पनि आईत बार ९३ जनाको ज्यान गएको छ भने बेल्जियममा ८२ जनाको मृत्यु भएको छ । हाल सम्म ११ हजार ७ सय ५० जनामा भाइरसको सङ्क्रमण देखिएको नेदरल्याण्डमा सोमबार थप ८ सय ८४ जनामा सङ्क्रमण थपिएको हो ।
यस्तै बेल्जियममा पनि विगत २४ घण्टामा १ हजार ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । हाल सम्म बेल्जियममा ११ हजार ८ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
हाल सम्म विश्वका १ सय ९९ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा ३७ हजार भन्दा बढीको मृत्यु भएको छ। भने ७ लाख ८३ हजार भन्दा बढी संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस