विगत २४ घण्टामा जर्मनीमा १०४, नेदरल्याण्डमा ९३ र बेल्जियममा ८२ जनाको मृत्यु

चैत्र९ १८।२०७६।मंगलबार
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण जर्मनीमा सोमबार थप १ सय ४ जनाको मृत्यु भएको छ । हिजो सोमबारसम्म जर्मनीमा ६ सय ४५ जनाको मृत्यु भएको छ । हाल सम्म ६६ हजार ८ सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिसकेको जर्मनीमा सोमबार थप ४ हजार ४ सय ५० व्यक्तिमा भाइरसको सङ्क्रमण देखिएको हो ।
यस्तै नेदरल्याण्डमा पनि आईत बार ९३ जनाको ज्यान गएको छ भने बेल्जियममा ८२ जनाको मृत्यु भएको छ । हाल सम्म ११ हजार ७ सय ५० जनामा भाइरसको सङ्क्रमण देखिएको नेदरल्याण्डमा सोमबार थप ८ सय ८४ जनामा सङ्क्रमण थपिएको हो ।
यस्तै बेल्जियममा पनि विगत २४ घण्टामा १ हजार ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । हाल सम्म बेल्जियममा ११ हजार ८ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
हाल सम्म विश्वका १ सय ९९ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा ३७ हजार भन्दा बढीको मृत्यु भएको छ। भने ७ लाख ८३ हजार भन्दा बढी संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस