युकेमा मंगलबार थप ३ सय ८१ जनाको मृत्यु

चैत्र १९, २०७६। बुधबार
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण युकेमा एकै दिन ३ सय ८१ जनाको मृत्यु भएको छ । यस भाइरसबाट एकै दिन ३ हजार ९ जना संक्रमित भएका छन् । हिजो मंगलबार सम्म युकेमा १ हजार ७ सय ८९ जनाको मृत्यु भएको हो ।
यो संगै युकेमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या २५ हजार १ सय ५० पुगेको छ ।
हाल सम्म विश्वका २०१ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा ४२ हजार भन्दा बढीको मृत्यु भएको छ। समाचार तयार पार्दा सम्म करिव ८ लाख ५० हजार मानिस कोरोना भाइरसबाट संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस