विगत २४ घण्टामा जर्मनीमा १३०, नेदरल्याण्डमा १७५ र बेल्जियममा १९२ जनाको मृत्यु
चैत्र १९, २०७६। बुधबार
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण जर्मनीमा मंगलबार थप १ सय ३० जनाको मृत्यु भएको छ । हिजो मंगलबारसम्म जर्मनीमा ७ सय ७५ जनाको मृत्यु भएको छ । हाल सम्म ७१ हजार ८ सय ८ जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिसकेको जर्मनीमा मंगलबार थप ४ हजार ९ सय २३ व्यक्तिमा भाइरसको सङ्क्रमण देखिएको हो ।
यस्तै नेदरल्याण्डमा पनि मंगलबार १७५ जनाको ज्यान गएको छ भने बेल्जियममा १९२ जनाको मृत्यु भएको छ । हाल सम्म १२ हजार ५ सय ९५ जनामा भाइरसको सङ्क्रमण देखिएको नेदरल्याण्डमा सोमबार थप ८ सय २५ जनामा सङ्क्रमण थपिएको हो ।
यस्तै बेल्जियममा पनि विगत २४ घण्टामा ८ सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । हाल सम्म बेल्जियममा १२ हजार ७ सय ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
हाल सम्म विश्वका २०१ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा ४२ हजार भन्दा बढीको मृत्यु भएको छ। समाचार तयार पार्दा सम्म करिव ८ लाख ५० हजार मानिस कोरोना भाइरसबाट संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस