फ्रान्समा कोरोना भाइरसबाट मर्नेकाे संख्या चीनकाे भन्दा बढी

फ्रान्समा कोरोना भाइरसबाट मर्नेकाे संख्या चीनकाे भन्दा बढी पुगेकाे छ । समाचार तयार पार्दा सम्मयूरोपेली देश फ्रान्समा कोरोना भाइरस (कोभिड-१९)का कारण ज्यान गुमाउनेको संख्या ३ हजार ५ सय २३ पुगेको छ । यो संख्या कोभिड-१९ को उद्गमस्थल चीनमा भन्दा पनि बढी हो । चीनमा हालसम्म यो भाइरसका कारण कारण ३ हजार ३०५ ले ज्यान गुमाएका छन् ।
युरोपेली मुलुक इटलीमा अहिले विश्वकै सबैभन्दा बढी व्यक्तिले कोभिड-१९ का कारण ज्यान गुमाएका छन् । त्यसपछि काेभिड-१९ बाट स्पेन र अमेरिकामा सबैभन्दा बढी मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म फ्रन्समा ५२ हजार १२८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।
फ्रन्समा पछिल्लो २४ घण्टामा मात्र ४९९ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी एकै दिनमा ७ हजार ५७८ जनामा यो भाइरसको नयाँ संक्रमण देखिएको छ । तर स्पेनमा ९ हजार ४४४ जना भने पूर्णरूपमा निको पनि भइसकेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस