फ्रान्समा कोरोना भाइरसबाट मर्नेकाे संख्या चीनकाे भन्दा बढी
फ्रान्समा कोरोना भाइरसबाट मर्नेकाे संख्या चीनकाे भन्दा बढी पुगेकाे छ । समाचार तयार पार्दा सम्मयूरोपेली देश फ्रान्समा कोरोना भाइरस (कोभिड-१९)का कारण ज्यान गुमाउनेको संख्या ३ हजार ५ सय २३ पुगेको छ । यो संख्या कोभिड-१९ को उद्गमस्थल चीनमा भन्दा पनि बढी हो । चीनमा हालसम्म यो भाइरसका कारण कारण ३ हजार ३०५ ले ज्यान गुमाएका छन् ।
युरोपेली मुलुक इटलीमा अहिले विश्वकै सबैभन्दा बढी व्यक्तिले कोभिड-१९ का कारण ज्यान गुमाएका छन् । त्यसपछि काेभिड-१९ बाट स्पेन र अमेरिकामा सबैभन्दा बढी मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म फ्रन्समा ५२ हजार १२८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।
फ्रन्समा पछिल्लो २४ घण्टामा मात्र ४९९ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी एकै दिनमा ७ हजार ५७८ जनामा यो भाइरसको नयाँ संक्रमण देखिएको छ । तर स्पेनमा ९ हजार ४४४ जना भने पूर्णरूपमा निको पनि भइसकेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस