कोरोना महामारीको संकट दोस्रो विश्व युद्ध पछि कै ठूलो चुनौति
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले कोरोना महामारीको संकट दोस्रो विश्व युद्ध पछि कै ठूलो चुनौति रहेको बताएका छन् ।
कोरोना महामारीको सम्भावित सामाजिक आर्थिक प्रभावको प्रक्षेपणको विषयमा रिपोर्ट सार्वजनिक गर्दै उनंले अहिलेको संकटले विगतमा नआएको मन्दी ल्याउन सक्ने चेतावनी दिए ।
महासचिव गुटरेसले कोरोना भाइरसले समाजलाई आक्रमण गरिरहेको भन्दै अहिले विश्वलाई एकताको खांचो रहेकोमा जोड दिए । तत्काल समन्वयात्मक स्वास्थ्य सेवाको प्रवाहबाट मात्र महामारी अन्त्य गर्न सकिने उनको भनाई थियो ।
महासचिव गुटरेसले कोभिड नाइन्टिन,संयुक्त राष्ट्रसंघको गठन भएदेखि कै सामना गर्नु परेको सबैभन्दा ठूलो परीक्षा भएको उल्लेख गरे ।
कम विकसित र सम्भावित रोगको महामारी सामान गर्नु डढेलो जस्तो भएकाले औद्योगिक राष्ट्रहरुले उनीहरुलाई सहयोग गर्न आग्रह गरे ।
राष्ट्रसंघको रिपोर्टले कोरोनाको प्रकोपका कारण विश्वभर २५ करोडले रोजगार गुमाउने अनुमान गरेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस