युकेमा एकै दिन ५ सय ६३ जनाको मृत्यु
चैत्र १९, २०७६। बुधबार
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण युकेमा एकै दिन ५ सय ६३ जनाको मृत्यु भएको छ । यस भाइरसबाट एकै दिन ४ हजार ३ सय २४ जना संक्रमित भएका छन् । बुधबार सम्म युकेमा २ हजार ३ सय ५२ जनाको मृत्यु भएको हो ।
यो संगै युकेमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या २९ हजार ४ सय ७४ पुगेको छ ।
हाल सम्म विश्वका २०१ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा ४४ हजार भन्दा बढीको मृत्यु भएको छ। समाचार तयार पार्दा सम्म करिव ८ लाख ८२ हजार मानिस कोरोना भाइरसबाट संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस