अमेरिकामा एकै दिन १०५० को मृत्यु, सङ्क्रमित २ लाख पुगे

विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरसको सङ्क्रमण अमेरिकामा नियन्त्रण बाहिर पुगेको छ । राष्ट्रपति ट्रम्पले आगामी दिनमा अमेरिकामा १ लाख मानिसको ज्यान जान सक्ने चेतावनी दिएको भोलि पल्टै अमेरिकामा एकै दिन एक हजार ५० जना मानिसको मृत्यु भएको हो ।
यो सँगै अमेरिकामा कोरोना भाइरसबाट ज्यान जानेको सङ्ख्या ५ हजार १ सय २ पुगेको छ । बुधवार अमेरिकामा थप २६ हजार ४ सय ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यो सँगै अमेरिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २ लाख नाघेको छ ।
विश्वभरका २०० भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ४७ हजार मानिसको मृत्यु भइसकेको छ भने ९ लाख भन्दा बढी मानिसमा यस भाइरसको सङ्क्रमण देखिसकेको छ ।
फ्रान्समा कोरोना भाइरसबाट मर्नेको संख्या ४ हजार पुग्याे
युकेमा एकै दिन ५ सय ६३ जनाको मृत्यु
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस