अमेरिकामा एकै दिन १०५० को मृत्यु, सङ्क्रमित २ लाख पुगे
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरसको सङ्क्रमण अमेरिकामा नियन्त्रण बाहिर पुगेको छ । राष्ट्रपति ट्रम्पले आगामी दिनमा अमेरिकामा १ लाख मानिसको ज्यान जान सक्ने चेतावनी दिएको भोलि पल्टै अमेरिकामा एकै दिन एक हजार ५० जना मानिसको मृत्यु भएको हो ।
यो सँगै अमेरिकामा कोरोना भाइरसबाट ज्यान जानेको सङ्ख्या ५ हजार १ सय २ पुगेको छ । बुधवार अमेरिकामा थप २६ हजार ४ सय ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यो सँगै अमेरिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २ लाख नाघेको छ ।
विश्वभरका २०० भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ४७ हजार मानिसको मृत्यु भइसकेको छ भने ९ लाख भन्दा बढी मानिसमा यस भाइरसको सङ्क्रमण देखिसकेको छ ।
फ्रान्समा कोरोना भाइरसबाट मर्नेको संख्या ४ हजार पुग्याे
युकेमा एकै दिन ५ सय ६३ जनाको मृत्यु
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस