विगत २४ घण्टामा जर्मनीमा १५६, नेदरल्याण्डमा १३४ र स्पेनमा ९२३ जनाको मृत्यु
चैत्र २०, २०७६। बिहिबार
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण जर्मनीमा मंगलबार थप १ सय ५६ जनाको मृत्यु भएको छ । बुधबारसम्म जर्मनीमा ९ सय ३१ जनाको मृत्यु भएको छ । हाल सम्म ७७ हजार ९ सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिसकेको जर्मनीमा मंगलबार थप ६ हजार १ सय ७३ व्यक्तिमा भाइरसको सङ्क्रमण देखिएको हो ।
यस्तै नेदरल्याण्डमा पनि बुधबार १३४ जनाको ज्यान गएको छ भने स्पेनमा ९२३ जनाको मृत्यु भएको छ । हाल सम्म १३ हजार ६ सय १४ जनामा भाइरसको सङ्क्रमण देखिएको नेदरल्याण्डमा बुधबार थप १ हजार १९ जनामा सङ्क्रमण थपिएको हो ।
यस्तै स्पेनमा पनि विगत २४ घण्टामा ८ हजार १ सय ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । हाल सम्म स्पेनमा १ लाख ४ हजार १ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ । भने बुधबार मात्रै ९२३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
हाल सम्म विश्वका २०१ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा ४७ हजार भन्दा बढीको मृत्यु भएको छ। समाचार तयार पार्दा सम्म करिव ९ लाख मानिस कोरोना भाइरसबाट संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस