विगत २४ घण्टामा जर्मनीमा १५६, नेदरल्याण्डमा १३४ र स्पेनमा ९२३ जनाको मृत्यु

चैत्र २०, २०७६। बिहिबार
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण जर्मनीमा मंगलबार थप १ सय ५६ जनाको मृत्यु भएको छ । बुधबारसम्म जर्मनीमा ९ सय ३१ जनाको मृत्यु भएको छ । हाल सम्म ७७ हजार ९ सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिसकेको जर्मनीमा मंगलबार थप ६ हजार १ सय ७३ व्यक्तिमा भाइरसको सङ्क्रमण देखिएको हो ।
यस्तै नेदरल्याण्डमा पनि बुधबार १३४ जनाको ज्यान गएको छ भने स्पेनमा ९२३ जनाको मृत्यु भएको छ । हाल सम्म १३ हजार ६ सय १४ जनामा भाइरसको सङ्क्रमण देखिएको नेदरल्याण्डमा बुधबार थप १ हजार १९ जनामा सङ्क्रमण थपिएको हो ।
यस्तै स्पेनमा पनि विगत २४ घण्टामा ८ हजार १ सय ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । हाल सम्म स्पेनमा १ लाख ४ हजार १ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ । भने बुधबार मात्रै ९२३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
हाल सम्म विश्वका २०१ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा ४७ हजार भन्दा बढीको मृत्यु भएको छ। समाचार तयार पार्दा सम्म करिव ९ लाख मानिस कोरोना भाइरसबाट संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस