पछिल्लाे २४ घण्टामा इटालीमा थप ७ सय २७ काे मृत्यु
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ७ सय २७ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ७ सय बढी नयाँ संक्रमित फेला परेका छन् ।
पछिल्लो तथ्यांकसँगै इटालीमा ज्यान गुमाउनेको संख्या १३ हजार १ सय ५५ पुगेको छ । त्यस्तै एकै दिन ४ हजार ७ सय ७८ जनामा संक्रमण देखिएसँगै इटालीमा संक्रमितको संख्या १ लाख १० हजार ५ सय ७४ पुगेको हो ।
संक्रमितमध्ये १६ हजार ८ सय ४७ जना उपचारपछि निको भएका छन् । ४ हजार ३५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ८० हजार ५ सय ७२ जना उपचाररत छन् ।
विश्वभरका २०० भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ४७ हजार मानीसको मृत्यु भइसकेको छ भने ९ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस