टेकुमा उपचारत दुई कोरोना संक्रमितको दोस्रो पटक पनि रिपोर्ट पनि पोजेटिभ
काठमाडौं, २० चैत । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेका दुईजना कोरोना भाइरस संक्रमितको दोस्रो पटक गरिएको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
नेपालमा दोस्रो र तेस्रो पटक कोरोना संक्रमण भएका उनीहरुको एक हप्ताको उपचार पश्चात गरिएको परीक्षणमा पुनस् कोरोना भाइरस पोजेटिभ आएको हो । मंगलबार उनीहरुको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।
अस्पतालले उनीहरुको रिपोर्ट नेगेटिभ आए डिस्चार्ज गर्ने बताएको थियो । तर अब उनीहरुको डिस्चार्ज समय लम्बिएको छ । अस्पताल स्रोतका अनुसार अब दुई दिनपछि पुनस् उनीहरुको स्वास्थ्य परीक्षण हुनेछ ।
गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवती र चैत १० गते चार दिन अघि नै यूएईबाट नेपाल आएका ३४ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण भएको परीक्षणका क्रममा पुष्टि भएको थियो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस