टेकुमा उपचारत दुई कोरोना संक्रमितको दोस्रो पटक पनि रिपोर्ट पनि पोजेटिभ

काठमाडौं, २० चैत । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेका दुईजना कोरोना भाइरस संक्रमितको दोस्रो पटक गरिएको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
नेपालमा दोस्रो र तेस्रो पटक कोरोना संक्रमण भएका उनीहरुको एक हप्ताको उपचार पश्चात गरिएको परीक्षणमा पुनस् कोरोना भाइरस पोजेटिभ आएको हो । मंगलबार उनीहरुको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।
अस्पतालले उनीहरुको रिपोर्ट नेगेटिभ आए डिस्चार्ज गर्ने बताएको थियो । तर अब उनीहरुको डिस्चार्ज समय लम्बिएको छ । अस्पताल स्रोतका अनुसार अब दुई दिनपछि पुनस् उनीहरुको स्वास्थ्य परीक्षण हुनेछ ।
गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवती र चैत १० गते चार दिन अघि नै यूएईबाट नेपाल आएका ३४ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण भएको परीक्षणका क्रममा पुष्टि भएको थियो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस