नेपालमा थप १ जनामा कोरोना संक्रमण
नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेको छ । आज जनस्वास्थ्य प्रयोगशाला गरीएको परिक्षणमा थप एक जनामा कोरोना भाइरस देखिएको हो । गत चैत्र ४ गते नेपाल आएका एक जनामा काेराेना भाइरसकाे संक्रमण सकारात्मक देखिएकाे आज आयाेजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा बिकास देवकाेटाले जानकारी दिएका हुन् ।
उनी गत चैत ४ गते कतार एयरवेजको जहाजबाट आएका हुन्। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ। पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ। जसमा टेकु अस्पतालमा २ जना, सेती प्रादेशिक अस्पतालमा एकजना र धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा एकजना छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस