नेपालमा थप १ जनामा कोरोना संक्रमण

नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेको छ । आज जनस्वास्थ्य प्रयोगशाला गरीएको परिक्षणमा थप एक जनामा कोरोना भाइरस देखिएको हो । गत चैत्र ४ गते नेपाल आएका एक जनामा काेराेना भाइरसकाे संक्रमण सकारात्मक देखिएकाे आज आयाेजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा बिकास देवकाेटाले जानकारी दिएका हुन् ।
उनी गत चैत ४ गते कतार एयरवेजको जहाजबाट आएका हुन्। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ। पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ। जसमा टेकु अस्पतालमा २ जना, सेती प्रादेशिक अस्पतालमा एकजना र धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा एकजना छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस