छैटौं कोरोना संक्रमित बागलुङकी महिला
नेपालको छैटौं कोरोना संक्रमित महिला बागलुङको भएको खुलेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरे ।
गत चैत्र ४ गते नेपाल आएका एक जनामा काेराेना भाइरसकाे संक्रमण सकारात्मक देखिएकाे आज आयाेजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा बिकास देवकाेटाले जानकारी दिएका हुन् ।
उनी गत चैत ४ गते कतार एयरवेजको जहाजबाट आएका हुन्। बाँकी ४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ। जसमा टेकु अस्पतालमा २ जना, सेती प्रादेशिक अस्पतालमा एकजना र धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा एकजना छन्।
उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस