• जीवनशैली | Jiwanshaili
  • युकेमा एकै दिन ५ सय ६९ जनाको मृत्यु


    चैत्र २०, २०७६। बिहिबार

    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण युकेमा एकै दिन ५ सय ६९ जनाको मृत्यु भएको छ । यस भाइरसबाट एकै दिन ४ हजार २ सय ४४ जना संक्रमित भएका छन् । बुधबार सम्म युकेमा २ हजार ९ सय २१ जनाको मृत्यु भएको हो ।

    यो संगै युकेमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या ३३ हजार ७ सय १८ पुगेको छ ।
    हाल सम्म विश्वका २०२ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा ४९ हजार भन्दा बढीको मृत्यु भएको छ। समाचार तयार पार्दा सम्म करिव ९ लाख ५९ हजार मानिस कोरोना भाइरसबाट संक्रमित छन्।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस