पोखरामा काेराेना संक्रमण पुष्टि भएकाे छैन : स्वास्थ्य प्रवक्ता

चैत्र २१,२०७६।शुक्रबार
पोखरामा गरिएको परिक्षणको क्रममा थप एक काेराेना संक्रमित भेटिएकाे भनिएकाे पुष्टि नभएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकार श्राेतले बताएकाे थियाे ।
भारतबाट आएको व्यक्तिमा काेराेना देखिएकाे भन्ने खबर अहिले कुनै पुष्टि नभएकाे प्रवक्ताले बताएका छन् । ती ब्यक्ति कास्की रहेकाे जनाइएकाे थियाे ।
यद्यपि प्रदेश सरकारले संक्रमणको पुनः पुष्टि गर्न ती व्यक्तिको स्वाव काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले अहिले पाेखरामा कुनै संक्रमण नदेखिएकाे बताएका छन् ।
यस अघि ६ जनामा कोरोना भाइरसको संक्रमित भेटिएको थियो । जस मध्ये एक जनाको उपचार पछि ठिक भएका थिए भने बाँकी ५ उपचारत रहेका छन्। जस मध्ये दुइ जना बाग्लुङ, एक जना धनगढी र बाँकी दुइ जना टेकुमा उपचाररत रहेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस