पोखरामा काेराेना संक्रमण पुष्टि भएकाे छैन : स्वास्थ्य प्रवक्ता
चैत्र २१,२०७६।शुक्रबार
पोखरामा गरिएको परिक्षणको क्रममा थप एक काेराेना संक्रमित भेटिएकाे भनिएकाे पुष्टि नभएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकार श्राेतले बताएकाे थियाे ।
भारतबाट आएको व्यक्तिमा काेराेना देखिएकाे भन्ने खबर अहिले कुनै पुष्टि नभएकाे प्रवक्ताले बताएका छन् । ती ब्यक्ति कास्की रहेकाे जनाइएकाे थियाे ।
यद्यपि प्रदेश सरकारले संक्रमणको पुनः पुष्टि गर्न ती व्यक्तिको स्वाव काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले अहिले पाेखरामा कुनै संक्रमण नदेखिएकाे बताएका छन् ।
यस अघि ६ जनामा कोरोना भाइरसको संक्रमित भेटिएको थियो । जस मध्ये एक जनाको उपचार पछि ठिक भएका थिए भने बाँकी ५ उपचारत रहेका छन्। जस मध्ये दुइ जना बाग्लुङ, एक जना धनगढी र बाँकी दुइ जना टेकुमा उपचाररत रहेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस