युकेमा पनि कोरोनाका कारण चीनको भन्दा बढी मृत्यु

चैत्र २१, २०७६। शुक्रबार
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड_१९) का कारण युकेमा मृतकको संख्या चीनमा भन्दा बढी भएको छ । आज शुक्रबार एकै दिन ६ सय ८४ जनाको मृत्यु भए पछि युकेमा कोेरोना भाइरसबाट ज्यान जानेको संख्या चीनमा भन्दा बढी पुगेको हो । हाल सम्म युकेमा कोरोनाभाइरसबाट युकेमा ३ हजार ६ सय ५ जनाको मृत्यु भएको छ । युकेमा एकै दिन ४ हजार ४ सय ५० जना संक्रमित भएका छन् । यता चीनमा शुक्रबार सम्म ३ हजार ३ सय २२ जनाको मृत्यु भएको छ ।
यो संगै युकेमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या ३८ हजार १ सय ६८ पुगेको छ ।
हाल सम्म विश्वका २०४ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा ५५ हजार भन्दा बढीको मृत्यु भएको छ। समाचार तयार पार्दा सम्म करिव १० लाख ३९ हजार मानिस कोरोना भाइरसबाट संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस