कोरोनाले फ्रान्समा थप ११ सय २० को ज्यान लियो

चैत्र-२२,२०७६।शनिबार ।
कोरोना भाइरसले फ्रान्समा थप १ हजार १ सय २० जनाको ज्यान लिएको छ । यूरोपेली देश फ्रान्समा कोरोना भाइरस (कोभिड-१९)का कारण ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय ७ पुगेको वल्डवो मिटर्स डट ईन्फोले बताएको छ । बिहीबारदेखि फ्रान्सले नर्सिङ होमहरूमा भएको मृत्यु सहितको डाटा सार्बजनिक गरेपछि संख्या बढेको रोइटर्सले बताएको छ।
यो समाचार तयार पार्दासम्म फ्रान्समा ६४ हजार ३ सय ३८ जनामा कोभिड(१९ को संक्रमण पुष्टि भएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।
फ्रान्समा पछिल्लो २४ घण्टामा ५ हजार २ सय ३३ जनामा यो भाइरसको नयाँ संक्रमण देखिएको छ । विश्वभरका २०५ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ५९ हजार मानीसको मृत्यु भइसकेको छ भने १० लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस