• जीवनशैली | Jiwanshaili
  • दिल्लीमा मुस्लिम भेलामा सहभागी एक नेपालीमा कोरोना भाइरसको संक्रमण


     दिल्लीस्थित निजामुद्दिनमा केही दिनअघि सम्पन्न मुस्लिमहरुको धार्मिक भेला ‘जमाती’मा सहभागी भएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतीय स्वास्थ्य अधिकारीहरुका अनुसार भेलामा सहभागी रहेका नेपालको पर्सा जिल्ला निवासी ६६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो । पछिल्लो समय भारतमा कोरोना संक्रमण बढिरहेको छ, जसमध्ये अधिकांश नयाँ केसहरु सोही मुस्लिम धार्मिक भेलामा सहभागी भएकाहरुसँग सम्बन्धित देखिन्छन् ।

    कोरोना देखिए ती नेपाली भारतमा लक डाउन हुनुअघि नै हरियाणा पुगेको र त्यहाँ अन्य दश जना सहभागीसहित हरियाणा, अम्बालास्थित महेशनगरको एक मस्जिदमा बस्दै आएका थिए । त्यहाँ पुगेका सबै नेपाली पर्सा जिल्ला मुस्लिम समयुदायका रहेको खुलेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस