दिल्लीमा मुस्लिम भेलामा सहभागी एक नेपालीमा कोरोना भाइरसको संक्रमण
दिल्लीस्थित निजामुद्दिनमा केही दिनअघि सम्पन्न मुस्लिमहरुको धार्मिक भेला ‘जमाती’मा सहभागी भएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतीय स्वास्थ्य अधिकारीहरुका अनुसार भेलामा सहभागी रहेका नेपालको पर्सा जिल्ला निवासी ६६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो । पछिल्लो समय भारतमा कोरोना संक्रमण बढिरहेको छ, जसमध्ये अधिकांश नयाँ केसहरु सोही मुस्लिम धार्मिक भेलामा सहभागी भएकाहरुसँग सम्बन्धित देखिन्छन् ।
कोरोना देखिए ती नेपाली भारतमा लक डाउन हुनुअघि नै हरियाणा पुगेको र त्यहाँ अन्य दश जना सहभागीसहित हरियाणा, अम्बालास्थित महेशनगरको एक मस्जिदमा बस्दै आएका थिए । त्यहाँ पुगेका सबै नेपाली पर्सा जिल्ला मुस्लिम समयुदायका रहेको खुलेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस