भारतमा कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो
भारतमा कोरोना संक्रमितको संख्या शुक्रबार ३ हजार नाधेको छ । शुक्रबार एकै दिन १६ जनाको मृत्यू भएपछि मृत्यू हुनेको संख्या ८६ पुगेको छ । भारतमा कोरोनाबाट एकै दिनमा मृत्यू भएकाको यो सबैभन्दा ठुलो संख्या हो । पछिल्लो तथ्याङ्क अनुसार भारतम मृत्यू हुनेको संख्या ३ हजार ५९ पुगेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ६ सय १ जना नयाँ संक्रमित भेटिएका छन् । भारतमा लगातार दोस्रो दिन ५ यस भन्दा बढी संक्रमित देखिएका हुन् । भारत दक्षिण एसियमा सबैभन्दा बढी संक्रमित भएको देश बनेको छ । मृत्यू हुनेको संख्या पनि भारतमा दक्षिण एसियामा सबै भन्दा बढी छ । यस अघि दक्षिण एसियामा सबैभन्दा बढी संक्रमित पाकिस्तानमा थिए ।
संक्रमितको संख्या बढेसँगै भारतमा प्रसस्त मात्रमा परीक्षण नभएको भन्दै आवाज उठ्न थालेका छन् । भारतले अहिले सम्म ६० हजार जना भन्दा केही बढीको परीक्षण गरेको जनाएको छ । झण्डै डेढ अर्ब जनसंख्या पुग्न लागेको भारतमा जनसंख्याको हिसाबामा परीक्षण निकै कम भएको भनी अलोचना भईरहेको छ । परीक्ष भए यो संख्या निकै बढ्न सक्ने विश्लेषकहरुको आंकलन छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस