भारतमा कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या शुक्रबार ३ हजार नाधेको छ । शुक्रबार एकै दिन १६ जनाको मृत्यू भएपछि मृत्यू हुनेको संख्या ८६ पुगेको छ । भारतमा कोरोनाबाट एकै दिनमा मृत्यू भएकाको यो सबैभन्दा ठुलो संख्या हो । पछिल्लो तथ्याङ्क अनुसार भारतम मृत्यू हुनेको संख्या ३ हजार ५९ पुगेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ६ सय १ जना नयाँ संक्रमित भेटिएका छन् । भारतमा लगातार दोस्रो दिन ५ यस भन्दा बढी संक्रमित देखिएका हुन् । भारत दक्षिण एसियमा सबैभन्दा बढी संक्रमित भएको देश बनेको छ । मृत्यू हुनेको संख्या पनि भारतमा दक्षिण एसियामा सबै भन्दा बढी छ । यस अघि दक्षिण एसियामा सबैभन्दा बढी संक्रमित पाकिस्तानमा थिए ।
संक्रमितको संख्या बढेसँगै भारतमा प्रसस्त मात्रमा परीक्षण नभएको भन्दै आवाज उठ्न थालेका छन् । भारतले अहिले सम्म ६० हजार जना भन्दा केही बढीको परीक्षण गरेको जनाएको छ । झण्डै डेढ अर्ब जनसंख्या पुग्न लागेको भारतमा जनसंख्याको हिसाबामा परीक्षण निकै कम भएको भनी अलोचना भईरहेको छ । परीक्ष भए यो संख्या निकै बढ्न सक्ने विश्लेषकहरुको आंकलन छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस