पहिलो पटक नेपालभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण
नेपालमा शनिबार थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । दुई जना भारतबाट आएका र एक जना नेपालभित्रै पहिलो पटक कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको छ।
शनिबार संक्रमित ३४ वर्षीया महिला यस अघि दुबईबाट फर्किएका संक्रमित पुरूषको भाउजु भएको बुझिएको छ।
योसँगै पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा छन्। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। यो संगै कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस