‘लगता है सारा नेपाल दारु पीके सोया हुवा है’

‘लगता है सारा नेपाल दारु पीके सोया हुवा’ सुनसान सडकमा ट्रक चलाएर काठमाडौबाट भारतीय सीमातिर गइरहेका एक जना भारतीय चालकको भनाई हो, यो । भारत उत्तर प्रदेशका दयाराम यादव भारतको नागपुरबाट मेडिकलका समानहरु लिएर काठमाडौ आएका थिए । फर्किने क्रममा उनी नौबिसेमा भेटिए ।
कस्तो लागि रहेको छ सुनसान सडममा गाडी चलाउँदा भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘लगता है सारा नेपाल दारु पीके सोया हुवा है’ ।

उनी भारतको नागपुरबाट नेपाल आउँदा भारतमा लडकडाउन शुरु भैसकेको थिए । उनी नेपालको सीमा बेलिहवा पुगेको दीन नेपालमा लकडाउन भयो । भारतमा नेपाल भन्दा एक दिन पछि मात्र लकडाउन भएको हो । नेपालमा लकडाउन भएपछि उनले केही दिन सीमामानै बस्नु पर्यो ।
त्यहीबेला भारतमा पनि लकडाउन भयो । तर उनले भारतीय सडकमा लकडाउन अनुभुति गर्न पाएनन् ।
६० वर्ष मेरो उमेर भयो । अनेक देखियो, गाडी हाक्न थालेको पनि बर्षौ भयो तर यति सुनसान सडक कहिल्यै देखेको थिइन । उनी भन्छन् ।

चितवनबाट अण्डाको खेप लिएर धुलिखेल जान लागेका ट्रक चालक माधव घिमिरेको पनि यस्तै अनुभव छ । यति सुनसान सडक कहिल्यै देखेको अनुभव छैन । नेपाल बन्दका बेला वा भूकम्पका बेला सडक सुनसान भएका थिए । तर यसपटक त बाटो भरी कतै खाना त के चिया पनि खान पाइने अवस्था छैन । बल्ल एक ठाउँमा पहिलेदेखि चिनेको भएर कालो चिया चाहिँ बनाइदिए, घिमिरेले सुनाए ।

बीरगञ्जबाट मसुरको दाल लिएर आएका सुमन मगरबाटोमा कतै केही खान नपाएर चाउचाउको भरमा हिँड्नु परेको बताउँछन् । लकडाउन सुरु भएदेखिनै लगातार समान ढुवानी गरिरहेका उनलाई बाटोमा पैदल हिँडिरहेका यात्रुको समेत चिन्ता छ ।
मजदुरहरु पैदलै आफ्नो घर तर्फ हिँडिरहेको देख्दा आफ्नो गाडीमा चढाइदिउँ जस्तो त लाग्छ तर बाटोमा प्रहरीले रोक्ने भएकोले चढाउन सकिँदैन । आफुहरु ३ जनाको स्टाफ हिँड्दा पनि अनेक सोधखोज हुने गरेको उनी सुनाउँछन् ।

माधव घिमिरेलाई चाहि पुलिसको डर मात्र होइन, चड्ने मान्छे स्वयंको पनि डर लाग्छ । थाहा छैन यस्तो बेलामा को मान्छे कस्तो छ, कतै रोग सर्ने पो हो की भन्ने डर लाग्छ ।
एक जना बुढो मान्छे हिँडिरहेको देख्दा माया लागेर चढाउँकी जस्तो त लागेको थियो तर यस्तो डरको बेला के हुने हो भनेर चढाउने आँटै आएन, उनी भन्छन् ।

बाटोमा खान नपाएको चिन्ता भने अधिकांश चालकहरुको छ । सरकारले अत्यावश्यक सेवा भनेकोले गाडी चलाउन बाध्य भइएको छ । कतै खान खान पाइने व्यवस्था पनि गरे हुन्थ्यो नी, पानीको भरमा हिँड्नु परेको छ । नत्र हामीलाई पनि त सुरक्षित हुने परिवारसँग बस्ने मन होला नी उनीहरु भन्छन् ।
भारतबाट आएका चालक यादवलाई भने खानाको कुनै चिन्ता छैन । मैले त आफ्नै सामान ल्याएको छु आफै बनाउँछु खान्छु कुनै चिन्ता छैन ।

आउँदा स्वास्थ्य परीक्षणपछि मात्र नेपाल छिर्न पाएको उनलाई अब भारत छिर्ने चिन्ता छ । भारत छिर्दा के कसरी हेरिने हो । कति ठाउँमा स्वास्थ्य परीक्षण गर्नुपर्ने हो । तर उनी भन्छन् भवगवान रामले सब ठिक गर्छन् । भातरमा प्रधानमन्त्री मोदीका भक्त उनलाई अहिलेको सरकारमा पनि उत्तिकै विश्वास छ ।

क्याटेगोरी : कोरोना अपडेट, खोज/विशेष
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस