लकडाउनमा बलिउड स्टारको दैनिकी

कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल र भारतमा एकैसाथजस्तो सुरु भएको ‘लकडाउन’ जारी छ । यो समयमा सामान्यजनदेखि सेलिब्रेटीसम्म घरभित्रै सिमित छन् । घरमै रहेको बखत कोही अनेक फन्डामा व्यस्त छन् त कोही उत्प्रेरणा जगाउने र टिप्स दिने गरिरहेका छन् । बलिउड स्टारको लकडाउन दैनिकी यस्तो छ ।
अजय देवगनको भिडियो
अजय देवगनको जन्मदिन अप्रिल २ तारिखमा पर्दछ । यसपालि लकडाउनमै रहँदा जन्मदिन मनाएका देवगनले आफ्ना फ्यानको लागि एक भिडियोमार्फत धन्यवाद दिएका छन् ।
अजयले आफुलाई शुभकामना दिने शुभचिन्तकलाई एनिमेटेड भिडियोमार्फत धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा देखिएको उनको हुलिया रोचक छ । उक्त भिडियोमा घरमै रहन र सुरक्षित रहन आग्रह समेत गरेका छन् ।
चप्पल जोड्दै ट्विंकल
बलिउड अभिनेत्री ट्विंकल खन्नाले चप्पल जोड्दै गरेको भिडियो सार्वजनिक भएको छ । जसमा क्याप्सन छ – म मेनेज गर्दैछु ।

इन्स्टाग्राम मार्फत सार्वजनिक भिडियोमा उनले चप्पल जोड्न ग्लु लगाउँदै गरेको देखिन्छ । टुटेको चश्मामा टेप लगाएपछि चप्पल जोड्न लागेको तर काम नबनेको उनको भनाई छ, ‘दुर्भाग्यवश काम बनिरहेको छैन । भगवानले सबैको भलो गरुन् ।’ फलोअरहरुले उक्त भिडियोमा अनेक कमेन्ट गरेका छन् । धेरैले तिमीसँग अर्को चप्पल छैन ? भन्ने प्रश्न गरेका छन् । एकजनाको कमेन्ट छ, यति पुरानो स्लीपर र चश्मा कहाँ भेट्यौ ?
फेरि रिलिज?
लकडाउन सुरु हुनुअघि रिलिज भएका दुई बलिउड फिल्मको व्यापार चौपट भएको छ । ‘अंग्रेजी मिडियम’ र ‘बागी ३’ मार्चको पहिलो र दोस्रो हप्ता रिलिज भएका थिए । लकडाउनसँगै सबै सिनेमाघर बन्द भएपछि यी दुई फिल्म फेरि रिलिज गरिने चर्चा चल्न थालेको छ ।
फिल्म क्षेत्रका जानकारहरुका अनुसार लकडाउनपछि सिनेमाको बजार सामान्य नै हुनेछ । किनकि, संसारभर हलहरु बन्द छन् र घरबाट निस्किने मौका पाएपछि मानिसहरु सिनेमाघर आउन थाल्नेछन् ।
डेब्युको हतारो
कसैको के धन्दा घरज्वाईंलाई खानकै धन्दा भन्ने उखान यतिखेर परेश रावलको छोरा आदित्यको हकमा लागु भएको छ । परेश पुत्र आदित्य बलिउडमा डेब्यु गर्दैछन् । लकडाउनकै बीच उनको डेब्यु फिल्मको पोस्टर सार्वजनिक भएको छ ।
आदित्य र सुपर हिट तेलेगु चलचित्रकी अभिनेत्री शालिनी पाण्डे फिल्म ‘बमफाड’मा सँगै देखिने छन् । आदित्यको डेब्यु फिल्म ‘बमफाड’को रिलिज डेट अप्रिल १० मा तोकिएको छ । अनुराग कश्यपले फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘जहां दिल लगाना नहीं आसान, वहां आशिकी होगी #बमफाड़ ।”
अनुष्का शर्माको टिप्स

अभिनेत्री अनुष्का शर्मा सोसल मिडियाको माध्यमबाट फ्यानहरुलाई टिप्स दिन व्यस्त छन् । आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत अनुष्काले इम्युनिटी पावर बढाउने टिप्स दिएकी छन् ।
बेसार, लेमन वाटर र अल्कलाइन वाटरले इम्युनिटी बढ्ने सन्देशसँगै अनुष्काको पोस्टमा घरमै बस्ने आग्रह छ । उनको भनाई छ, “जो घर पे बैठा…वो महान ।”
रामगोपालको मजाक
फिल्ममेकर रामगोपाल वर्माले आफुलाई कोरोना भाइरस लागेको हल्ला फैलाएका छन् । वर्माले १ अप्रिलको दिन ट्वीटरमार्फत ‘कोरोना पोजिटिभ’ पाइएको लेखेका थिए । डाक्टरले कोरोना पोजिटिभ भएको बताए भन्ने ट्वीट गरेका उनले अर्को ट्वीटमा लेखेका छन्, ‘डाक्टरले भनेकि यो अप्रिल फुलको जोक थियो, यो मेरो गल्ती होइन डाक्टरको हो ।’
कंगनाको ‘फ्ल्यासब्याक’
बलिउड अभिनेत्री कंगना रनावत यतिखेर आफ्नो परिवारसँगै मनालीमा छन् । लकडाउनको समयमा उनी घरको छतमा आमासँगै बसिरहेको र आमाले शिरमा मालिस गरेको फोटो सार्वजनिक भएको छ ।
रंगोलीको ट्वीटर एकाउन्टमा पोस्ट गरिएको उक्त तस्वीरको क्याप्सनमा ‘बचपनको समय नभुलेको’ उल्लेख छ । बलिउड क्वीनको उपमा पाएकी कंगनाको शिरमा ‘चुल्ली’को तेल लगाइएको उल्लेख गर्दै उनले त्यसको अंग्रेजी नाम सोधेकी छन् ।

अनीता हसनदानीको नाराबाजी

बलिउड अभिनेत्री अनिता हसनदानीले कोरोना भाइरसको विरोधमा नारा लगाउँदै गरेको टिकटिक भिडियो सार्वजनिक भएको छ । पति रोहित रेड्डीसँगै देखिएको उक्त भिडियो इन्स्टाग्राममा अपलोड गरिएको छ ।
अनिताले हात उठाउँदै नारा लगाउँदै छन्, ‘गो कोरोना, कोरोना गो ।’ भिडियोमा उनका पति अनिताको हर्कत हेरेर मुस्कुराएको देखिन्छ ।
तापसी पन्नुको व्यङ्ग्य
भारतका प्रधानमन्त्री मोदीले शुक्रबार भिडियो सन्देश जारी गर्दै अन्धकारमय कोरोनालाई हराउन प्रकाश फैलाउन आग्रह गरेका थिए । मोदीको उक्त भिडियो सन्देशप्रति व्यङ्य गर्नेको लहरमा अभिनेत्री तापसी पन्नुसमेत छन् । सन्देशमा मोदीले आईतबार (५ अप्रिल) रातको ९ बजेदेखि ९ मिनेटसम्म घरको लाइट बन्द गरेर मैनबत्ती या दियो बाल्न आग्रह गरेका छन् ।
मोदीको अपीलप्रति लक्षित गर्दै तापसीले ट्वीटमा लेखेकी छन् “नयाँ टास्क आ गया । याय याय याय।” उनको ट्वीटमा कमेन्ट गर्दै फलोअरले लेखेका छन्, ‘तिम्रो नयाँ फिल्म सुपर फ्लप हुनेभो ।’

अमिताभको चेतावनी
सुपर स्टार अमिताभ बच्चन आफ्नै घरमा रहेर लकडाउनको पालना गरिरहेका छन् । उनले आफ्ना फ्यानलाई सामाजिक सञ्जालबाट सन्देश दिइरहेका छन् । पछिल्लो पटक उनले ट्वीटरमार्फत दिएको सन्देश चेतावनीमुलक छ ।

अमिताभले लेखेका छन्, खबरदार! घरबाट ननिस्कनु । घरबाहिर निस्किनु कोरोनालाई नरोक्नु हो । कोरोना शब्दलाई उल्टो पढ्दा ‘नारोको’ हुन्छ ।
हिनाको मोटिभेसन
अभिनेत्री हिना खान आफ्ना फलोअरलाई मोटिभेट गर्न निकै मेहनत गरिरहेकी छन् । हिनाको पछिल्लो भिडियोमा बजारबाट किनेका सामानको सफाई गर्ने तरिका बताइएको छ ।
हिनाले आफ्नो इन्स्टाग्राम एकाउन्टमा पोस्ट गरेको भिडियोमा बजारबाट ल्याइएका सामान खतरनाक हुने उल्लेख छ । ‘त्यस्ता सामान घातक हुने भएकाले जोगिने तरिका सेयर गर्ने कोशिस गरेकी छु’, हिनाले भनेकी छन्, ‘आशा छकि यसले तपाईंलाई मदत पुग्छ । सुरक्षित रहनुहोस् ।’ यसअघि उनले पोस्ट गरेको भिडियोमा मास्क लगाउने सही तरिका सिकाइएको थियो ।
(एजेन्सीको सहयोगमा)
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस